आँखा पाक्ने रोग (कन्जङ्टिभाईटिस) बाट कसरी सुरक्षित रहने ?

पछिल्लो केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने समस्या भएका बिरामीहरु बढिरहेका छन् । एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसका लक्षणहरु

–आँखा रातो हुने र चिलाउने

–आँखाबाट आँसु बगिरहने वा कचेरा र चिप्रा लाग्ने

–आँखाको ढकनी रातो हुने, सुन्निने

–आँखा बिझाउनेरदुख्ने

–घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपायहरु

–संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने

–संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने

–जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने

–व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

 भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नुहुँदैन।

 आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने ?

भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ।

घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु

–बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।

–आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।

–आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।

–बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।

–संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धु वा सफा गर्ने।

–प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।

–संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Read more post .......

आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३

आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रले मार्गदर्शन २०८३ तयार गरी सार्वजनिक गरेकाे छ । यस

Read More »

शिक्षकका लागि उपयोगी TIP, SARP, LoCOS फारामहरु

विद्यार्थीकाे सिकाइ सुधारका लागि शिक्षकले अपनाउने विभिन्न योजनाहरु मध्ये शिक्षण सुधार योजना (Teaching Improvement Plan-TIP), विद्यार्थी उपलब्धी अभिवृद्धि योजना (Student’s

Read More »
Scroll to Top