माइत जानी बेला भयो कुन चैं सारी लाउनी हो
झट्टै बिदा दिनुस् बजै कहिले आउनी हो ।
पोहोर साल तीजमा भरिपूर्ण लाएको,
अहिले साल तीजमा दुख पाएको ।
कति लग्यो धनसम्पत्ति बाढी पहिरो आएर
बल्ल बल्ल ज्यान् बचायौं हामी भागेर ।
माइत जानी पुल बगायो घरको श्रीसम्पत्ति
आपत् बिपत् पर्यो भनि आफु रुँ कति ।
दरै खाउली माइती घरमा रुखो सुखो पाकेको
कस्ले देख्छ लौ न बरै यो मन पाकेको ।
कृष्ण ढुङ्गाना
Post Views: 161



