के हो संकेतन, विसंकेतन ?

एकिकृत पाठ्यक्रम (कक्षा १–३) को नेपाली विषयक्षेत्रमा संकेतन र विसंकेतनका क्रियाकलापहरु राखिएका छन् ।

वर्ण वा अक्षर भनेका ध्वनिका संकेत हुन् । हरेक ध्वनिको आफ्नै संकेत हुन्छ । अर्थात् /क/ ध्वनिको संकेत ‘क’ अक्षर हो । कोही नयाँ भाषाको लिपि सिक्दैछ भने उसले पहिलोपल्ट देख्ने अक्षर भनेको एउटा चिन्ह वा चित्र वा संकेतका रुपमा प्रस्तुत गरिनु संकेतन हो । त्यही संकेतलाई चिनेर उच्चारण गर्नु वा ध्वनि निकाल्नु अथवा ध्वनिलाई सुनेर त्यसलाई लेख्य रूप अर्थात् चित्र वा चिन्ह वा संकेत वा अक्षरमा लेख्न, देखाउन सक्नु अक्षर चिन्नु हो । अक्षरको ध्वनि संकेत चिन्नु, भन्न सक्नु विसंकेत हो । संकेतन भाषिक संरचनाको आधारभूत संरचना हो भने उक्त संरचनालाई लेखेर वा चिनेर प्रयोग गर्नु बिसंकेतन हो । अर्को शब्दमा भन्नुपर्दा कुनै पनि अक्षर, शब्द वा वाक्य पढ्न सक्नु वा अक्षर फुटाउनु वा सरर्र पढ्न सक्नु विसंकेतन हो ।


नेपाली भाषामा देवनागरी लिपिका १३ स्वर वर्ण (अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः) र ३६ व्यञ्जन वर्ण (क, ख…त्र, ज्ञ) गरी जम्मा ४९ वर्ण प्रचलनमा छन् । यी वर्ण तथा अक्षर सिकाउन विभिन्न क्रियाकलाप सञ्चालन गर्नुपर्ने हुन्छ ।


आधारभूत तहअन्तर्गत कक्षा १–३ का विद्यार्थीहरूका सन्दर्भमा पठन सिपलाई पठनबोधसँग जोडेर हेरिन्छ । यसमध्ये पठनबोधलाई सार्थक पढाइका रूपमा लिइन्छ । लेखिएको वा छापिएको सामग्रीलाई शुद्धसँग विसङ्केतन (लेखिएको अक्षरलाई ध्वनिमा रूपान्तरण) गर्न सक्ने तर त्यसको अर्थबोध नहुने अवस्थाको पढाइ यान्त्रिक पढाइ हो । सामग्रीको विसङ्केतन गरी अर्थ पनि ग्रहण गर्न सक्नु सार्थक पढाइ हो । पढाइ सिपले सिकाइका सबै क्षेत्रलाई सहज र सुबोध्य बनाउने हुनाले आधारभूत तह (कक्षा १–३) का विद्यार्थीहरूमा अन्य सिपले भन्दा योसिपले बढी भूमिका निर्वाह गर्दछ ।


भाषिक सिप शिक्षणमा कथा, कविता, निबन्ध, प्रबन्धगत विषयवस्तुलाई माध्यम बनाइन्छ । यस प्रव्रिmयामा उच्चारण, बोध, व्याकरण र शब्दभण्डार शिक्षणका लागि विषयवस्तु प्रमुख माध्यम बनेको हुन्छ । सिकाइको तह, स्तर र प्रव्रिmयाका आधारमा सिप शिक्षणको तौरतरिका र उद्देश्य फरक फरक हुन्छ । विशेषतः तल्ला कक्षामा सिकाइको जगका रूपमा भाषाका सिपलाई साक्षरता विकासका लािग प्रयोग गरिन्छ । प्रारम्भिक कक्षामा वर्ण, अक्षर र मात्रा चिनारी, वाक्य गठन, शब्द भण्डारजस्ता उद्देश्यको चयन गरिएको हुन्छ । यसर्थ आधुनिक प्रव्रिmयामा यान्त्रिक पढाइमा भन्दा बढी सुझबुझयुक्त पढाइलाई ध्यान दिइएको हुन्छ । यसबाट शैक्षिक गुणस्तर विकासको जग निर्माण हुने देखिन्छ ।

Read more post .......

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »
Scroll to Top