लैङ्गिक हिंसा विरुद्धको अभियानमा यूवाको भूमिका

सभ्यताको पहिचान परिवारबाट सुरु हुन्छ । मानिस प्राणी मध्ये सर्वश्रेष्ठ भए तापनि सामाजिक जटिलताका कारण उसका कतिपय व्यवहारहरु मानव समाजकै लागि घातक छन् । यसले के बुझाउँछ भने मानिस सर्वश्रेष्ठ त भयो तर पूर्ण सचेत बन्न सकेन । मानव मानवका बीच हुने अनेकन असमानता, विभेद र शोषणहरु मध्ये लैञ्गिक हिंसा एउटा गम्भिर मानवीय दुर्गुण हो । यसलाई शुन्य बनाउन सचेत नागरिकहरु जागरुक र प्रतिवद्ध हुनुपर्छ । त्यसमाथी पनि यूवा वर्गको भूमिका महत्वपूर्ण छ । किनकी समाजको सबैभन्दा जागरुक र परिवर्तनका लागि अग्रसर हुने वर्ग भनेको यूवा नै हो । यूवावर्गको जागरुकताबाटै सभ्य समाज निर्माण गर्न र सबैप्रकारका हिंसाजन्य विभेदहरुको अन्त्य गर्न सकिन्छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि १० डिसेम्बर १० सम्म हरेक वर्ष सञ्चालन गरिन्छ । लैञ्गििक आधारमा हुने दुव्र्यवहार र हिंसाजन्य क्रियाकलापलाई विश्वका हरेक नागरिकबाट आफू पनि हिंसा गर्दिन र गरेमा सहन्न भन्ने प्रतिबद्धता सहित सेतो रिवन आदनप्रदान गरी हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने कार्यक्रम छ । लैञ्गिक हिंसाजन्य क्रियाकलापहरु शुन्य बनाउने सन्देश विश्वभर फैलाउनु नै यस अभियानको अभिष्ट हो ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा भएको राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । १६ दिने अभियान महिलामाथि हुने हिंसालाई मानव अधिकारको गम्भीर उल्लंघन भएको र महिलाको अधिकार मानव अधिकार हो भन्ने विषयलाई जानकारी गराउन, सम्बोधन गर्न र यस विषयमा व्यापक छलफल गर्नका लागि सुरु गरिएको अभियान हो । यो अभियानको सुरुवात सन् १९९१ मा वुमन्स ग्लोबल लिडरसीप इन्स्टिच्युुटमा सहभागी भएका महिला अधिकारकर्मीहरुद्वारा सुरु गरिएको हो । यसै सन्दर्भमा नेपालले यो वर्ष ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म अभियान सञ्चालन गरिरहेको छ ।
लैञ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रुपमा असर पर्नेगरी गरिने व्यवहारहरु लैञ्गिक हिंसा हुन् । स्रोत, साधन, अवसर, जिम्मेवारी, हक अधिकारको असमान वितरण, बालबिबाह, यौन्जन्य अपराध लगायत लैगिक आधारमा गरिने सबैप्रकारका असमान व्यवहारहरु लैञ्गििक हिंसाका उदाहरणहरु हुन् । लैञ्गिक हिंसा महिला, पुरुष वा तेस्रो लिञ्गीमाथी हुने हिंसा मात्र नभएर मानव अधिकारकै हनन् हो । विशेषगरी नेपाली समाजमा पितृसतात्मक संरचना, संस्कार र मुल्य मान्यताका कारण विशेषगरी महिलामाथी यस्ता हिंसात्मक व्यवहारहरु हुने गरेका छन् । लैंञ्गिक हिंसा विरुद्धके अभियानले मूलतः महिला हिंसा विरुद्धमा बढी सरोकार राखेपनि तेस्रो लिञ्गि र पुरुषहरुपनि हिंसा सहन बाध्य भएका उदाहरणहरु समाजमा यदाकदा पाइन्छ । तसर्थ अहिलेको परिवेशमा महिलामाथी मात्र नभै लैञ्कि आधारमा हुने सबै प्रकारका हिंसाजन्य क्रियाकलापहरुलाई शुन्य बनाउन सबै जागरुग हुनुपर्ने अवस्था छ । यस्ता हिसाजन्य व्यवहारले व्यक्तिलाई आफ्नो प्राकृतिक अधिकारबाट वञ्चित गराउनुका साथै व्यक्तिगत तथा सामाजिक विकासमा ठुलो असर पारेको हुन्छ र मानव अधिकारको उपोभोग क्षमतालाई समेत प्रभावित गर्दछ ।
समाजमा हिंसाजन्य क्रियाकलापहरु मानिसको गर्भावस्थादेखि बृद्धावस्थासम्म भइरहेका देखिन्छ । गर्भमै भ्रुणहत्या होस या बृद्ध आमाहरुलाई बोक्सीको आरोप होस् यी ज्यादै निन्दनीय व्यवहार हुन् ।
नेपालमा लैञ्गिक हिंसा नियन्त्रण सम्बन्धी कानुनी व्यवस्थालाई हेर्ने हो भनेसंबिधानको धारा १८ को उपधारा (४) मा ‘समान कामका लागि लैगिक आधारमा पारश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन ।’ भनिएको छ भने उपधारा ५ मा पैतृक सम्पत्तीमा समान अधिकार सम्बन्धी व्यवस्था छ । त्यसै गरी संबिधान कै धारा ३८ मा महिलाको हक सम्बन्धी व्यवस्था गरिएको छ । जसमा महिलामाथी कुनै प्रकारको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
संसारमा जेजस्ता क्रान्ति वा परिवर्तन भएका छन् ति सबै यूवाको सहभागिता र सक्रियतामा सम्भव भएको छ, चाहे त्यो रानैतिक परिवर्तन होस् वा सामाजिक परिवर्तन । १८ देखि ४० वर्ष उमेर समूहका मानिस यूवा हुन् । यूवा शारीरिक हिसाबले मात्र सशक्त हुँदैनन् , उनीहरु मानसिक र सचेतनाका हिसाबले पनि सशक्त र अब्बल हुन्छन् । समाजमा उनीहरुको चाहना र प्रयास सबैभन्दा बलियो सवित हुन्छ । त्यसैले विद्यमान लैञ्गिक हिंसा अन्त्यका लागि यूवाहरु जागरुक भए यसलाई शुन्य बनाउन सम्भव छ ।
सामाजिक शिष्टताले सभ्यताको पहिचान पहिचान दिन्छ । यसका लागि समाजमा सबैले आधारभुत अधिकारको उपयोग गर्ने वातावरण तयार गर्नु पर्दछ । यस्तो वातारवण तयार गर्न स्वयं समुदाय नै जागरुक नभइ सम्भव छैन । समुदायलाई जागरुक गर्ने मुख्य भूमिका विशेषगरी त्यहाँका यूवाहरुको हुन्छ । किन कि यूवाहरु नै सामाजिक परिवर्तनका संवाहक हुन् । लैञ्गििक हिंसा विरुद्धको अभियानलाई गाउँ बस्ती र परिवारसम्म पुर्याउन जरुरी छ । त्यसका लागि स्थानीय यूवायुवतीहरुको सक्रियता जरुरी छ । स्थानीय क्लब, समूह र सञ्जालहरुमार्फत जनचेतना अभिवृद्धि, हिंसामा परेकाहरुको लागि उचित कानुनी परामर्श, उद्धार तथा सहायता, मनोपरामर्श जस्ता कार्यहरु सञ्चालन गर्नु आवश्यक हुन्छ । इन्टरनेट र सूचना प्रबिधिको प्रयोगको पहुँच अन्यमा भन्दा युवाहरुमा नै बढी छ । यसको उचित प्रयोग सम्बन्धी सचेतना यूवा स्वयंमा पनि जरुरी छ र समाजमा अन्य वर्गलाई पनि सचेतीकरण गर्त यूवाको भूमिका प्रभावकारी हुनुपर्दछ । हाम्रा टोल छिमेक र समाजमा हिंसाजन्य घटनाहरु भइरहेका हुन्छन् तर त्यसको बारेमा आवाज उठाउन सक्ने तागत यूवाले नै राख्दछन् । राजनीतिक, सामाजिक र आर्थिक पक्षमा विशेषगरी महिलाको सशक्तिकरण र लैञ्गिक समता कायम राख्नुपर्ने हुन्छ । जसले समतामूलक समाज निर्माणको व्यवहारिक आधार तयार हुन्छ । यो कुरामा सबै युवाहरु सक्षम छन् तर सक्षम भएर मात्र हुन्न उनीहरुको ध्यान पनि त्यतातिर पु¥याउन आवश्यक छ । विद्यालय र विश्वविद्यालय तहबाट समेत यसबारे युवा विद्यार्थीमाझ बहस र पैरवी महत्वपूर्ण हुन्छ ।
लैंगिक सशक्तिकरकण, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि विभेदको अन्त्य, स्थानीय स्तरमा लैंगिक सहभागिता र निर्णया प्रक्रियाका समान पहुँचजस्ता विषयसँग सम्बन्धीत रही रचनात्मक कार्यक्रममार्फत सामाजिक न्याय सुनिश्चित गर्न वर्षैभरी अभियान सञ्चालन हुनु जरुरी छ । यूवालाई राजनैतिक नेतृत्वले आफ्नो दलगत अभिष्ट पूरा गर्न जसरी परिचालन गरिरहेको छ, त्यो शक्तिलाई लैञ्गिक हिंसा लगायतका सामाजिक सवालहरुमा आम मानिसहरुको समयानुकुल व्यवहार परिवर्तनका निम्ति राजनीतिक दल र राज्यका विभिन्न तहबाट परिचालन गर्न सकेमा लैञ्गिक समानता र मानब अधिकारको पूर्ण सुनिश्चितता सम्भव छ ।
–०–

कृष्णप्रसाद ढुङ्गाना
शिक्षक, श्री तेर्से माध्यमिक विद्यालय

Read more post .......

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »
Scroll to Top