तिज गीत

माइत जानी बेला भयो कुन चैं सारी लाउनी हो
झट्टै बिदा दिनुस् बजै कहिले आउनी हो ।

पोहोर साल तीजमा भरिपूर्ण लाएको,
अहिले साल तीजमा दुख पाएको ।

कति लग्यो धनसम्पत्ति बाढी पहिरो आएर
बल्ल बल्ल ज्यान् बचायौं हामी भागेर ।

माइत जानी पुल बगायो घरको श्रीसम्पत्ति
आपत् बिपत् पर्यो भनि आफु रुँ कति ।

दरै खाउली माइती घरमा रुखो सुखो पाकेको
कस्ले देख्छ लौ न बरै यो मन पाकेको ।

कृष्ण ढुङ्गाना

Read more post .......

डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता

Read More »

मेलम्चीमा कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्यशाला

मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन

Read More »
Scroll to Top