कार्यमूलक अनुसन्धान

कक्षा ८ का विद्यार्थीलाई स्तम्भचित्र बनाउँदा स्केल मिलाएर बनाउन सक्ने पार्न गरिएको एक
कार्यमूलक अनुसन्धान

अध्ययनको पृष्ठमूमी :
विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै विभिन्न संख्यात्मक विवरणहरुलाई चित्रात्मक रुपमा प्रस्तुत गर्ने सीपको विकास गराउने उद्देश्य राखि यस्ता अभ्यासहरुको व्यवस्था गरिएको छ । यसै अनुसार कक्षा ८ मा हामीले सामाजिक विषयको शिक्षण गर्दा स्तम्भचित्रको अवधारणा सिकाउनु पर्ने सन्दर्भमा अधिकांश बालबालिकाले स्केल मिलाएर स्तम्भचित्र कोर्न नसकेको अवस्था देखा परेकोले यसै विषयलाई कार्यमूलक अनुसन्धानको विषय छनोट गरी आफूलाई क्रियात्मक रुपमा समस्या समाधान गर्ने सोच आएको हो ।
समस्याको पहिचान :
हाम्रो विद्यालयको कक्षा ८ मा ४८ जना विद्यार्थीहरुलाई सामाजिक विषयको स्तम्भ चित्र बनाउने अभ्यास गराउँदा उनीहरु मध्ये आधा भन्दा बढिलाई स्केल कसरी मिलाउने भन्ने विषयमा द्धिविधा देखिएकोले उक्त समस्या समाधान गर्न यो अनुसन्धान गरिएको थियो ।


पहिलो चरण


योजना
विद्यार्थीहरुको स्तम्भचित्रमा तथ्यांकीय विवरणलाई कसरी सम्बन्ध गराई चित्र कोर्ने भन्ने बारेको धारणा बुझ्ने र स्तम्भचित्र बनाउन लगाइयो ।
क्रियाकलाप ः
विद्यार्थीलाई एउटा संख्यात्मक तालिका दिइ त्यसको आधारमा अवस्थाको विश्लेषण गर्न लगाइयो । जहाँ कुन कम, कुन बढि, कुनको लागि बनाइने स्तम्भ लामो होला र कुनका लागि छोटो होला आदि विषयमा छलफल चलाइयो र रेखाचित्र बनाउन लगाइयो । जसका लागि निम्न तालिकाको सहायता लिइयो ।
विद्यार्थीको जातीगत विवरण विद्यार्थी संख्या
ब्राम्हण क्षेत्री ७८
तामाङ ९१
नेवार ३५
दलित १०
उपयुक्त तालिकाको आधारमा उनिहरुद्धारा स्तम्भचित्र निर्माण गराइयो ।
अवलोकनः
उपर्युक्त तालिकाको आधारमा विद्यार्थीले निम्न कुराहरु गर्न सफल भए ः
१. तालिका अनुसार सबैभन्दा लामो स्तम्भ तामाञहरुको हुने निश्कर्ष सबै विद्यार्थीले निकाले
२. सबैभन्दा छोटो स्तम्भ दलित जातीको स्तम्भ हुने निश्कर्ष निकाले ।
३. स्तम्भ चित्र बनाउँदा लामो र छोटो आकार मिलाएर स्तम्भ निमार्ण गरे तर स्केल मिलाएर राख्न ४८ जना मध्ये २९ जनाले मात्र सफल भए बाँकी १९ जनाले स्तम्भको स्वरुप मिलाए पनि स्केल मिलाएर राख्न सकेनन् ।
प्रतिबिम्बन ः
विद्यार्थीले संख्यात्मक आधारमा स्तम्भको स्वरुप निर्धारण गर्न सके पनि त्यसलाई स्केलमा राख्न किन आवश्यक छ भन्ने कुराको धारणा लिनै नसकेको महसुस भयो ।

दाेस्राे चरण

योजना
स्तम्भको स्वरुपसँगै त्यसलाई स्केलमा मिलाउन किन आवश्यक छ भन्ने बारेमा पुनः स्केलको अवधारणालाई पनि उपयोग गरियो रेखा चित्र बनाउन लगाइयो ।
क्रियालपाप ः
विद्यार्थीलाई संख्यात्मक विवरण, स्तम्भको लम्बाइ वा आकार र स्केलको सम्बन्ध देखाउन सबै विद्यार्थीलाई बाहिर निकाली भेगीय हिसाबले आएका विद्यार्थीलाई अलग अलग बराबर दुरीमा राखी कुन ठाउँबाट आउने कतिजना विद्यार्थी मिलेर कति लामो लाइन भयो विश्लेषण गर्न लगाइयो जसबाट चित्रको आकार यस्तो बन्यो ।

विद्यार्थीलाई पालैपालो लाइनको विश्लेषण गर्न लगाईयो । जहाँ ल मान्न सकिने वा ३ जना बराबर १ स्केल मान्ने धारणा उनीहरु प्रष्ट पार्ने काम भयो । लाइन र व्यक्तिको दुरीको अनुपात बराबर हुँदा मात्र यसरी स्केल देखाउन मिल्ने धारण प्रष्ट गरियो । यसैका आधारमा चित्र बनाउन लगाइयो ।
अवलोकन ः
विद्यार्थीहरुले आफु बसेको लाइनको चित्र कोरे । सोही आधारमा अर्को तालिकाको स्तम्भचित्र बनाउन लगाउँदा सबैले स्तम्भचित्र सही स्केलमा राखेर बनाउन सकेको पाइयो ।
प्रतिबिम्बन ः
विद्यार्थीलाई प्रत्यक्ष रुपमा उनीहरुलाई चित्रको अभ्यास र विश्लेषण गर्न लगाउँदा उनीहरुको धारणा प्रष्ट हुन सकी रेखाचित्रलाई स्केलमा मिलाएर बनाउन सफल भएको महसुस भयो ।

निश्कर्ष ः
उल्लेखित समस्यामा गरिएको कार्यमूलक अनुसन्धानमा दोश्रो चरणमा पुगेपछि उक्त चरणमै समाधान भएकोले अर्को चरणको पुनर्याेजना आवश्यक भएन र अनुसन्धानको अन्त्य गरियो । विद्यार्थीलाई प्रत्यक्ष आर्फै सहभागी भइ प्रत्यक्ष रुपमा धारणा बनाउने अवसर प्रदान गर्न सकेमा उनीले यस्ता व्यवहारिक पक्षसँग सम्बन्ध राख्ने विषयवस्तु सजिलै बुझ्न सक्छन् भन्ने निश्कर्ष यो अनुसन्धानले दिएको छ ।

बैशाख, २०७३

प्रस्तुतकर्ताः

कृष्णप्रसाद ढुंगाना, श्री तेर्से मावि, मेलम्ची, सिन्धुपाल्चाेक

Read more post .......

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »
Scroll to Top