गीतः हाम्रा राष्ट्रिय विभुतिहरु

देशका लागि योगदान दिने सम्मानित व्यक्ति
देशको शीर उचो राख्ने प्रतिष्ठित व्यक्ति
लोकले गर्छ उच्च सम्मान कमाउँछन् ख्याती
राज्यले नै गर्छ सम्मान, विभुति हौ भनि ।
अठार छन् राष्ट्रिय विभुति, तिनकै बारे सुनाउँछु है साथी ।

जनक, सीता, गौतम बुद्ध रामशाह अनि,
पृथ्वी नारायण अंशुबर्मा अरनिको पनि
अरनिको, बलभद्र, भीमसेन, अमरसिँह,
भक्ति थापा, भानुभक्त, जयपृथ्वी ब. सिँह ।
पाशाञ ल्हामु, मोतिराम, त्रिभुवन, फाल्गुनन्द शंखधर जम्मा छन् ।

जनक थिए जनकपूरका बम्हज्ञानी राजा
राजर्षि भइ फिँजाएथे मिथिलाको गाथा
शाक्यमुनी गौतम बुद्ध लुम्बिनीको जन्म
सफल भए विश्वभर शान्तिका दुत बन्न ।
सीता थिइन् आदर्श नारी, रामकी पत्नी माता हुन् जानकी ।

कला कौशल साहित्यका अनुरागी राजा
स्वणंयुगमा राखे चर्चा ति हुन् अंशुबर्मा
टुक्रा नेपाल जोड्ने राजा पृथ्वीनारायण
दुरदर्शी योजनाले बन्यो राज्य विशाल ।
न्यायप्रेमी रामशाह राजा, नियमकानुन लगाए सब साझा ।

कलाकार अरनिको बास्तु, मुर्तिकार
रामायाणले प्रसिद्ध छन् भानुभक्त हेर
भानुभक्त चिनाउने मोतिराम भट्ट
अंक्षरांक शिक्षा लेख्ने जयपृथ्वी सिंह ।
भीमसेन, भक्ति, अमरसिँ, बलभद्र, अंग्रेजलाई धपाउने बीरयोद्धा ।

गरिबको ऋण तिर्ने शंखधर शाख्वा,
प्रजातन्त्र ल्याउन लड्ने त्रिभुवन राजा
अहिंशा र धर्मलाई मुख्य मन्त्र मानि
सत्मार्गको सन्देश दिने फाल्गुनन्द ज्ञानी ।
पाशाङ ल्हामु थिइन् हेर साहसी, सगरमाथा पहिलो आरोही ।

___________________________________________________________

कृष्णप्रसाद ढुङ्गाना
श्री तेर्से मा.वि., मेलम्ची, सिन्धुपाल्चोक

Read more post .......

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »

विद्यालयको आन्तरिक सुधारका निम्ति रणनीतिक कार्ययोजनाको नमुना

विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबाट सुधारका लागि उठान गरिएका विषयवस्तुलाई आधार मानी बनाइएको एउटा रणनीतिक कार्ययाेजना । जसलाई आधार मानेर पाँच

Read More »

समयसान्दर्भिक शिक्षण प्रवर्द्धनः अभ्यास‚ चुनौती र सम्भावना

– कृष्णप्रसाद ढुङ्गाना सामुदायिक विद्यालयभित्रको शैक्षिक क्रियाकलाप समयानुकुल नबनेसम्म आम रुपमा शिक्षाको स्तर माथि उठ्न सक्दैन किनभने हाम्रा सामुदायिक विद्यालयहरु

Read More »
Scroll to Top