देशका लागि योगदान दिने सम्मानित व्यक्ति
देशको शीर उचो राख्ने प्रतिष्ठित व्यक्ति
लोकले गर्छ उच्च सम्मान कमाउँछन् ख्याती
राज्यले नै गर्छ सम्मान, विभुति हौ भनि ।
अठार छन् राष्ट्रिय विभुति, तिनकै बारे सुनाउँछु है साथी ।
जनक, सीता, गौतम बुद्ध रामशाह अनि,
पृथ्वी नारायण अंशुबर्मा अरनिको पनि
अरनिको, बलभद्र, भीमसेन, अमरसिँह,
भक्ति थापा, भानुभक्त, जयपृथ्वी ब. सिँह ।
पाशाञ ल्हामु, मोतिराम, त्रिभुवन, फाल्गुनन्द शंखधर जम्मा छन् ।
जनक थिए जनकपूरका बम्हज्ञानी राजा
राजर्षि भइ फिँजाएथे मिथिलाको गाथा
शाक्यमुनी गौतम बुद्ध लुम्बिनीको जन्म
सफल भए विश्वभर शान्तिका दुत बन्न ।
सीता थिइन् आदर्श नारी, रामकी पत्नी माता हुन् जानकी ।
कला कौशल साहित्यका अनुरागी राजा
स्वणंयुगमा राखे चर्चा ति हुन् अंशुबर्मा
टुक्रा नेपाल जोड्ने राजा पृथ्वीनारायण
दुरदर्शी योजनाले बन्यो राज्य विशाल ।
न्यायप्रेमी रामशाह राजा, नियमकानुन लगाए सब साझा ।
कलाकार अरनिको बास्तु, मुर्तिकार
रामायाणले प्रसिद्ध छन् भानुभक्त हेर
भानुभक्त चिनाउने मोतिराम भट्ट
अंक्षरांक शिक्षा लेख्ने जयपृथ्वी सिंह ।
भीमसेन, भक्ति, अमरसिँ, बलभद्र, अंग्रेजलाई धपाउने बीरयोद्धा ।
गरिबको ऋण तिर्ने शंखधर शाख्वा,
प्रजातन्त्र ल्याउन लड्ने त्रिभुवन राजा
अहिंशा र धर्मलाई मुख्य मन्त्र मानि
सत्मार्गको सन्देश दिने फाल्गुनन्द ज्ञानी ।
पाशाङ ल्हामु थिइन् हेर साहसी, सगरमाथा पहिलो आरोही ।
___________________________________________________________
कृष्णप्रसाद ढुङ्गाना
श्री तेर्से मा.वि., मेलम्ची, सिन्धुपाल्चोक



