कविता : ऊ फेरि उज्यालोतिर

कहिलेकाहीँ जीवन सानो कोठामा थुनिन्छ

जुन कोठाले न घाम चिन्छ, न गन्ध।

त्यहीँ थिई ऊ कसैको आवाज बिना,

रातसँगै सुतेर, रातमै उठेर।

संसार एउटा झ्यालपारिको दृश्य बन्यो,

जहाँ उसले आफैंलाई बिर्सिएको महसुस गरि..

उसका सपना निद्राहीन थिए,

र उसको हाँसो कुनै पुरानो डायरीमा थन्किएको थियो

लामो समयसम्म ऊ एउटा अँध्यारो कोठाभित्र हराइरही!

जहाँ घाम पस्दैनथ्यो, र घडीहरू मौन हुन्थे।

भित्ताहरू उसका निःशब्द चिच्याहटको साक्षी बनेका थिए,

रातहरू उसका आँसुसँग सुस्केराले थकित भएका थिए।

उसको आँखामुनि मात्र होइन,

उसको मनभित्र पनि कालो घेरा जमेको थियो।

न किताब बोल्थे, न सपना बोल्थे।

जीवन केवल एउटा स्थिर तस्बिर बनेर रह्यो

जहाँ हरेक दिन, हरेक रात उही थियो, उही खालि।

तर एक बिहान, चुपचाप भित्रैबाट केही फुट्यो

त्यो न आँसु थियो, न आवाज

त्यो केवल इच्छा थियो।

इच्छा, फेरि किताब खोल्ने।

इच्छा, फेरि आफूलाई सम्झिने।

इच्छा, फेरि उज्यालोमा फर्किने।

अहिले ऊ झ्यालमुनि बस्छे, किताब अँगालेर।

कलम उसका औंलामा फिर्ता आएको छ।

उसको आँखा अब अँध्यारो होइन,

जुन दिन हराएको थियो, त्यही उज्यालो खोजिरहेछ

यो पुनः जन्म हो

फेरि जन्मिएको बिहानि

ऊ अघि बढिरहेकी छ।

ढिलो सही, तर भित्रि मन बाट !

ऊ अरू कोही होइन, ऊ म नै हु !

एक अँध्यारो कोठाबाट उज्यालोतिर फर्किंदै !

-सुकृति ढुंगाना

Read more post .......

SEE Pre-Qualified Exam-Result-Preparation file

कक्षा १० को एसइइ तयरी परीक्षाको नतिजा तयारी गर्न उपयोगी हुने एक्सल फाइल आवश्यक भए डाउनलोड गरि प्रयोग गर्न सक्नुहुन्छ

Read More »

सन्देशमूलक गीत : एकिकृत पाठ्यक्रम (कक्षा १–३)

एकिकृत पाठ्यक्रम (कक्षा १–३) कार्यान्वयन सन्बन्धि सन्देशमूलक गीत : शिक्षक साथी एउटा कुरा सुन्नु होला यता,….पाठ्यक्रमको कार्यान्वयन कस्तो होला त्यता

Read More »

विद्यालयमा नैतिक शिक्षा : ‘विषय’ कि ‘विषयवस्तु’ ?

विद्यालय तहमा नैतिक शिक्षा विषयको बारेमा बेलाबेला निकै बहस हुने गर्दछ । यसलाई अलग्गै विषयको रुपमा सिकाइनु पर्दछ भन्ने एकथरीको

Read More »
Scroll to Top